कर्मुनालाई स्मार्ट कृषि गाउँ बनाईने

नेपालगन्जय,फाल्गुन,१७-
नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरको करमोहनालाई स्र्माट कृषि गाउँ बनाइने भएको छ ।

बाँकेमा ६ वटा स्र्माट कृषि गाउँ बनाउने अभियान अन्तर्गत नेपालगन्जको करमोहनालाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो ।

प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्र्माट कृषि गाउँ बनाउने घोषणा सहित शुभारम्भ गर्नुभएको हो । प्रमुख बालीका रुपमा बसन्ते मकै र तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । यो गाउले प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने स्थानिय किसानले १० लाख लगानि गर्नुपर्ने छ ।

स्र्माट कृषि गाउँमा जमिन बाँझो राख्न नपाइने मन्त्रि आरति पौडेलले बताइन । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्मार्ट कृषि गाउँ निर्माणका लागी दुई जना प्राविधिक खटाइने जानकारी दिइन । स्मार्ट सिचाई, स्मार्ट वजार, स्मार्ट प्रविधि, स्मार्ट खाध्य व्यवस्थापन, लगाएत समेटेर गाउँलाई नै कृषिमा स्मार्ट बनाइने मन्त्रालयको योजना रहेको मन्त्रि पौडेलले बताइन ।

बाँके र बर्दियामा मात्रै १० वटा स्मार्ट कृषि गाउँ बनाउने गरी काम तिव्र रुपमा अघि बढाइएको र हाल सम्म करमोहना समेत गरी ६ वटा गाउँको शुभारम्भ समेत गरीसकिएको ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए । करमोहनाको स्र्माट कृषि गाउँमा प्रमुख बालीका रुपमा बसन्ते मकै र तरकारी खेती गरीने छ ।

५७ विगाह क्षेत्रफल रहने गाउँमा ७० घरधुरी किसानहरुले सेवा लिन पाउने छन । स्मार्ट कृषि गाउँमा तिन सिजनमा नै खेती गरीने भएको छ ।

स्मार्ट कृषि गाउँको शुभारम्भ समारोहमा प्रदेश नम्बर ५ का सांसद सुरेन्द्र हमाल, नेपालगन्ज उप महानगरपालिकाका मेयर डा.धवल सम्सेर राणा, १२ नम्बर वटा कार्यालयका वडाध्यक्ष बुद्धिसागर सुवेदी, नेपाली काग्रेस बाँकेका सभापति किरण कोइराला लगाएतले नगर क्षेत्रमा बन्न लागेको स्मार्ट कृषि गाउँको सफलताको शुभकामना दिएका थिए ।