प्रधानमन्त्री देउवा र प्रचण्डबीच आजै दुई पटक वार्ता

काठमाण्डौं,असोज,१७-

चुनावी तालमेल लगायत समकालिन राजनीतिका विषयमा हाम्रो पनि माओवादी केन्द्रसँग वार्ता भइरहेको छ’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ‘यो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिहरनु भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टू वान’ वार्ता गरेको र थप कुराकानी हुने महामन्त्री कोइरालाले बताउनुभयो ।

नेकपा एमालेसँग पार्टी एकीकरण तथा संघ र प्रदेशको चुनावमा तालमेलको निर्णय लिनु अघि प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नु भएको हो ।

बालुवाटारमा प्रचण्डले देउवासँग आधा घण्टा एक्लै कुराकानी गर्नु भएको हो । बालुवाटार स्रोतका अनुसार दुई नेताबीच दिउँसो फेरि छलफल हुने भनिएको छ। सो छलफलपछि कतिपय कुराहरु स्पष्ट हुने भनाइ महामन्त्री कोइरालाको छ। उनले भने, ‘हामीले अहिल्यै यस्तो कुरामा केही बोल्न मिल्दैन, छलफलहरु जारी छन्, त्यपपछि क्लियर होला।’

माओवादी केन्द्र कांग्रेस नेतृत्वको वर्तमान सरकारको प्रमुख साझेदार हो। एमालेसँग एकीकरण र तालमेल नजिक पुगेको माओवादी केन्द्रले सत्ताको साथ नछाड्ने प्रतिबद्धता कांग्रेससँग गर्दै आएको छ।

हिजो मात्र माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले एमालेसँग चुनावी तालमेल र दल एकीकरणका विषयमा ब्रिफिङ गरेका थिए। नेकपा एमाले र माओवादी केन्द्रबीच आजै पार्टी एकीकरण र तालमेलका विषयमा समझदारी पत्रका हस्ताक्षर हुने बताइएको छ। नेपाल खबरबाट