आयल निगमका खड्कालाई निर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असोज,२२-

सर्वोच्च अदालतले आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई प्रमुखबाट बर्खास्त  नगर्न आन्तरिम आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आज अन्तरिम आदेश दिएको हो ।

साथै खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिदै हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो । जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि खड्कालाई संसदीय समितीको सिफारिसमा असोज २ गते मन्त्रिपरिषद् बैठकले हटाएको थियो ।

आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले कारबाहीका लागि निर्देशन दिएको थियो । निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारणका लागि भैरहवा, झापा, चितवन र सलार्हीमा चल्तीको भन्दा महँगो मूलयमा जग्गा खरिद गरेको थियो ।