नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ६९ पुग्यो

काठमाडौं,बैशाख,२१-नेपालमा एकैदिन थप नयाॅं १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।बाॅंकेमा आईतबार एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

फाईल : तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाॅंकेको नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो।

नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो। उनीहरु ७ देखि ८५ वर्ष उमेरको रहेको जानकारी प्राप्त भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो।

त्यस्तै प्रवक्ता देवकोटाले पर्साका ३६ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको मनत्रालयले जनाएको छ। अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन्।

नेपालगञ्जमा संक्रमण देखिएका ९ जनालाई अस्पताल ल्याउने तयारी भइरहेको र १ जनाको अस्पतालमा जनाको उपचार भइरहेको छ। यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेका छन्। १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

मन्त्रालयले आइतबारसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ वटा आरडीटी परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो।