राष्ट्रपतिद्धारा बैशाख २६ गते संसद अधिवेशन आह्वान

काठमाडौं,बैशाख,२१-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ।

फाईल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी

सरकारको सिफारिसमा उहाॅंले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो ।

आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पेश गर्ने र पारित गर्ने गरिन्छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छन् ।