सुदुरपश्चिमेली नेपाली समाज भारतको पहीलो वार्षीकोत्सव सम्पन्न

मिलन मगर /

भारतमा,फाल्गुन,९-

सुदुरपश्चिमेली समाजले यहि फाल्गुन ६ गते भारतमा पहीलो वार्षीकोत्सव धुमधाम संग  मनाएको छ । श्री बासु देब जोशी को सभापतीत्वमा रहेको सो कार्यक्रममा शुश्री सम्झना साहीको प्रमुख अतीथीमा सम्पन्न गरेको थीयो ।

कार्क्रमको थालनी नेपाली राष्ट्रीय गीत बाट भएको थीयो भने सुदुरपश्चिमेली नेपाली समाज भारतको स्थापना दीवश केक काटेर मनाइएको थियो ।कार्यक्रममा प्रमुख अथीती र सभापतीको हात बाट केक काटीएको थीयो। 

केक लागीए लगत्तै ललीत थापाले स्वागत गीत गाएका थीए । गित पछि सुदुरपश्चिमेली नेपाली समाज भारत जम्मु कस्मीर समीतीका उपाध्यक्ष श्री राम ब. थापा ज्युले स्वागत भाषण गरेका थिए ।

त्यसपछी विभीन्न कलाकारहरुले रंगारंग कार्यक्रम हरु प्रस्तुत गरेर जम्मु कस्मीर लगायत पंजाव बाट आउनु भएका सबै लाई हसाउन रमाउन सफल भएका थीए ।

कार्यक्रम का विषेश प्रस्तुती हरुमा सुदुरका देउडा भाका ठाडी भाका देउडा खेल लगायत विभीन्न रहेका सांगीतीक भाका हरु रहेका थीए । हजारौंको संख्यामा उपस्थीत हरुलाई चीया नास्ताको पनी वेवस्था गरीएको थीयो ।

 अन्त्यमा सुदुरपश्चिमेली नेपाली समाज जम्मु कस्मीर समीतीका अध्यक्ष तथा कार्यक्रमका सभापती बासु देब जोशी ले सबै लाई समाजमा आवद्द हुने प्रेरणा दिदै र सबै लाई धन्यबादका पात्र जम्मु कस्मीर समीती लाई बधाई दिदै कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज जम्मु कस्मीर समीती सचीव श्री चक्र ब. थापा ज्यु ले कार्यक्रम संचालन गर्नु भएको थीयो ।