कञ्चनपुर पर्यटन महोत्सव समापन

महोत्सवमा ५ करोड भन्दा बढिको अनुमानित कारोवार

इन्द्र कार्की
/महेन्द्रनगर, १०,फाल्गुन      महेन्द्रनगरको खुलामञ्चमा जारी प्रदेश स्तरिय आद्यौगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सम्पन्न भएको छ । बुधवार प्रदेश नं.०७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले महोत्सवको समापन गर्नु भएको हो । स्थानिय स्तरमा उत्पादित वस्तुहरुको बजार प्रर्वद्धन र व्यापा्र वृद्धिका लागि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ २९ गते देखि खुलामञ्चमा महोत्सवको आयोजना गरिएको थियो ।

कञ्चनपुर उधोग वाणिज्य संघका अध्यक्ष सुरेश रावल ले महोत्सवको ११ औँ संस्करण सफलतापुर्वक सम्पन्न भएको बताए । रावलका अनुसार यस पटक ७ नम्वर प्रदेशका सवै जिल्लावाट उत्पादित वस्तु तथा सेवाको प्रर्दशन गरिएको थियो । स्थानिय कला ,संस्कृति खाद्य परिकारको समेत प्रर्वद्धन गरिएको थियो । महोत्सवमा १ सय ५० स्टलहरु वाट विभिन्न सेवा तथा दैनिक उपभोग्य समाग्रीहरुको व्यापार गरिएको थियो ।

यस पटकको मेलामा विश्ववाट लोपोन्मुख डाइनोसर तथा विधार्थीले वनाएको हेलिकेप्टर मुख्य आकर्षणको रुपमा रहेका थिए । महोत्सव समापन समारोहमा वोल्दै अध्यक्ष रावलले त्रिदेशीय नाका, ब्रह्मदेव तिकंर रोड सञ्चालन ,छेला ओधोगिक क्षेत्र निमार्ण तथा महाकाली सुख्खा बन्दरगाहा क्षेत्रको विकासमा जोड दिएका थिए ।

महोत्सवमा ५ करोड भन्दा बढिको अनुमानित कारोवार भएको आयोजकले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगेश्वर प्रसाद बोहराले ३ करोड भन्दा बढीको कारोवार भएको जानकारी दिए । टिकट विक्रीवाट मात्र २० लाख आम्दानी भएको छ । विधार्थी सहुलियतमा रु.२५ र सर्वसाधारणका लागि रु.५० दरका टिकट निर्धारण गरिएको थियो ।

५ करोडको कारोवार हुने अनुमान गरिए पनि ३ करोड मात्रै कारोवार हुदाँ आयोजकले लक्ष्य हासिल गर्न सकेको छैन । आयोजकको फितलो प्रचारप्रसार, मेलामा मनोरञ्जनका साधनहरुको कमि,ठाउँठाउँमा आयोजना गरिएका मेला महोत्सव जस्ता कारणले यस पटक महोत्सव अवलोकनकर्ताहरुको कमि भएको कतिपय व्यापारहरु वताउछन् ।