थप १०२४ जनाकोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं,मंसिर,२०-नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ ।

१,०२४ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा छ हजार ७४ जनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको थियो ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ४६० जना रहेका छन् ।काठमाडौंमा ३४९, ललितपुरमा ६५ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ ।

थप २,२०६ कोरोनामुक्त
पछिल्लो २४ घन्टामा देशभर दुई हजार २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख २४ हजार ५३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको शनिबार मन्त्रालयले जनाएको छ ।