नेपालगंजमा कृषि पर्यटन व्यापार मेला हुदै

नेपालगंज,पुस,७-

नेपालगन्जमा कृषि पर्यटन व्यापार मेला हुने भएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा पुस २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने भएको हो ।नेपालगन्ज कारकाँदो चोक राधा कृष्ण मन्दिर पछाडि नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत साँस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने आयोजकले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।

महोत्सवमा नेपाली गीत संगित, कला साँस्कृतिक, भाषा पर्यटन, अध्ययन अनुसन्धान अभिलेखिकरण, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने मुल उद्देश्यकका साथै कृषि व्यवसायहरु सञ्चालन गर्ने साथमा अव्यवस्थित रुपमा रहेका उत्पादनशिल जग्गा जमिनलाई उपयोगमा ल्याई अर्गानिक कृषि बस्तु उत्पादन गरिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक टिमका संयोजक नन्दबहादुर बुढाले जानकारी गराए ।

महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यशकुमार, शान्तिश्री परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहनुका साथै स्थानीय कलाकारहरुलाई समेत सहभागी गराईने आयोजक टिमले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट दररेट रहेको जानकारी गराए । जसमा ५० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ टिकट दररेट राखिएको जनाए ।
महोत्सवमा ३ सय बढि स्टल रहने छ भने १०० बढी स्टल बुकिङ्ग भइसकेको जनाइएको थियो । महोत्सवमा कुल ६० लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक बुढाले बताए । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।