खप्तड गोल्ड कप पुस २४ बाट हुने

विजेतालाई उपाधीसहित नगद २१ लाख

धनगढी,पुस,५-

(धनगढी रंगशाला ) Dhangadhi stadium.

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता पुस तेस्रो सातादेखी हुने भएको छ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २४ देखि खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ ।

धनगढी रंगशालामा नकआउटका आधारमा हुने प्रतियोगितामा नेपालका शिर्ष टोलीहरु सहित विदेशी टोली भारत र भुटानले पनी  सहभागिता जनाउन सक्ने सम्भावना रहेकोछ । 

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।