डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै

डडेल्धुरा, पुस १-  डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।कम उमेरमा विवाह गर्ने, वैदेशिक रोजगारी, गोप्य बहुविवाह, पारिवारिक समस्या, घरेलु हिंसा, प्रविधिको गलत प्रयोगलगायतका कारण डडेल्धुरामा पछिल्लो समयमा सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएका हुन् ।जिल्ला अदालतमा यस्ता धेरै विवाद पुग्ने गरेका छन् । डडेल्धुरा जिल्ला अदालतको तथ्यांकअनुसार मंसिर

मसान्तसम्म अदालतमा दर्ता भएका ६७ मुद्दामध्ये सम्बन्ध विच्छेदका १८, जग्गा र अंशसम्बन्धी ११, जबर्जस्तीकरणीसँग सम्बन्धित ३ वटा छन् । तीमध्ये २७ वटा फैसला भइसकेको र ४० वटा फर्छ्यौटको प्रकृयामा रहेको जिल्ला अदालतले जनाएको छ । बढ्दो शहरीकरण र असीमित आकांक्षाका कारण पारिवारिक समस्या बढ्दै जाँदा वैवाहिक जीवन टुट्ने घटना बढ्न थालेको सरोकारवालाहरु बताउँने गरेका छन् ।