नेपालगंजमा केहिदिनदेखि बढेको चिसोको कारण जनजिवन प्रभावित

बाँके,पौष १-बाँके लगायत तराईका विभिन्न जिल्लामा केहिदेनदेखि शुरु भएको चिसोका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । घट्दो तापक्रम र हुस्सुका कारण जनजीवन प्रभावित बनेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार नेपालगंजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको थियो ।

जुम्लामा पनि दैनिक जसो तापक्रम घट्दै गएको छ । जुम्लाको बिहिबारको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहेको विभागले जनाएको छ । बाक्लो हुस्सुका कारण नेपालगंज विमानस्थलमा हुने हवाई सेवाहरु प्नि प्रभावित हुने गरेका छन् । चिसो बढेसंगै बजारमा मानिसहरुको चहलपनि पनि घट्दै गएको छ ।