आजको राशिफल ।। साउन २१ गते शनिवार ।।

काठमाडौं,साउन,२१-आज विक्रम संवत २०७९ साल साउन महिनाको २१ गते शनिवार, (अगष्ट ३ तारिख) साउन शुक्ल नवमी तिथी !!

आज साउन २१ गते शनिवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ।स्वादिष्ट भोजन पनि पाइनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ।चिताएको कामले तीव्रता लिनेछ।नयाँ कामको थालनी हुनेछ।वैदेशिक कार्य पनि अघि बढ्नेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन नयाँ कार्यको योजना बन्नेछ।धार्मिक यात्राको योग छ।नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ।दैनिक कार्यमा प्रगति पनि हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन अनावश्यक ठाउँमा धन खर्च होला।अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ।मनमा उत्साहका साथै बोली बिक्ने समय छ।शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।शुभकार्यको चर्चा चल्नेछ।आँटेको र ताकेको कार्य पुरा होला।प्रेममा मधुरता छाउनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन सामान हराउने वा चोरी हुने सम्भावना छ।शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।मनोरञ्जनमा सहभागी भइएला।विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्।घरमा अतिथिको आगमन हुनेछ।पुरानो समस्या सुल्झाउन सकिनेछ।सन्तान सुख पनि मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन कीर्तिमानी काम गर्ने समय छ।चलाखीपूर्ण बोलीले कार्य बन्नेछ।राजनैतिक कार्यमा सफलता मिल्नेछ।शेयर बजारको लगानीले फाइदा होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ।अरुको हितका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल