आजको राशिफल ।। साउन २० गते शुक्रवार ।।

काठमाडौं,साउन,२०-आज विक्रम संवत २०७९ साल साउन महिनाको २० गते शुक्रबार, (अगष्ट ३ तारिख) साउन शुक्ल अष्ठमी तिथी !!

आज साउन २० गते शुक्रवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।दैनिक कार्यमा प्रगति हुनेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन प्रेमीको सहयोग प्राप्त हुनेछ।टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ।चिन्ता छाडेर चिन्तन गर्ने समय छ।कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन पुराना र रोकिएका कार्य पुन: प्रारम्भ हुनेछ।गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ।स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।विशिष्ट व्यक्तिको सहयोग मिल्ला।विद्या र बुद्धिको विकास हुनेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन रमणीय र सुखद् यात्राको योग छ।आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योग छ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन रमाइलो यात्राको योग रहेको छ।बन्धुबान्धवबाट सहयोग मिल्नेछ।राजनैतिक कार्यमा सफलता मिल्नेछ।मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।आर्थिक कारोबारमा विवाद आउनेछ।नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन आँटेको र ताकेको कार्य पुरा होला।कार्य सम्पादनमा सहजता मिल्नेछ।व्यापार व्यवसायमा सफलता मिल्नेछ।वैदेशिक कार्य अघि बढ्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।सामाजिक कार्यमा मन जानेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन आर्थिक कारोबारमा मन्दी आउनेछ।मनमा दुबिधा उत्पन्न होला।सौन्दर्यतामा धन खर्च हुनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल