मंसिर ४ गते आमचुनाव गर्ने सरकारको निर्णय

काठमाडौ,साउन,१९-सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो।उक्त सहमति अनुसार,बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे निर्णय गरेको हो ।

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।यसअघि २०७४ सालमा दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भएको थियो ।