आज हरितालिका तीज पर्व मनाईदै

हिन्दु नारीहरुले भगवान महादेवको पूजा आरधना गरी मनाउँदै

काठमाडौं,असोज,१-आज हरितालिका तीज पर्व,नेपाली हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन्।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्।

तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ।यस पर्वमा ब्रत बसेर शिव पार्वतीको पूजा,उपासना गरेमा पारिवारिक सुख,शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ,गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ।

विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै तीजमा ब्रत बस्ने गर्दछन्।