नेपाल साँस्कृतिक संघको देउसी भैलो संगै मन भुलाउदै बाढी पिडित

मयुर नाच संगै स्थानीय कलाकारको प्रस्तुती

बाँके,कार्तीक,३-

नेपाल साँस्कृतिक संघ बाँकेले आयोजना गरेको देउसी भैलो कार्यक्रमले बाँकेका बाढी पिडीतहरुको पिडामा मलम लगाउने काम गरेको छ । नेपाली काँग्रेसको भातृ संघको रुपमा रहेको नेपाल साँस्कृतिक संघले अन्तत : अती बाढी प्रभावित क्षेत्र बाट छटपटाईरहेका बाढी पिडीतहरुका लागी संघको देउसी भैलोले उनीहरुको पिडामा मनोरञ्जन प्रदान गर्दै मलम लगाउने काम गरेको हो ।

बाँकेको टिकुलीपुरका बाढीपिडीत

“तपाईको पिडा ,हाम्रो पनी पीडा हो भन्दै” संघले नेपाली काँग्रेस बाके जिल्लाका जिल्ला सदस्य चिन्तामणी धितालको आगमनमा बाँकेको बाढिप्रभाबित क्षेत्र टिकुलिपुरको शिबिरबाट देउसी भैलो कार्यक्रमको सुरुवात गरेको थियो ।

नेपाल साँस्कृतिक संघको देउसी भैलोमा मयुर नाचको प्रस्तुती

देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता नारायण प्रसाद सिग्देलले पिडामा रहेका बाढिपिडित बालबालिकालाई केही समय भए पनि मनोरञ्जन प्रदान गर्ने उदेश्यले संघले उक्त स्थानबाट कार्यक्रमको सुरुवात गरिएको बताउनु भएको थियो ।

यसैविच : नेपाल साँस्कृतिक संघ बाँकेका सभापती सन्तोषराज पौडेलले देउसी भैलो कार्यक्रमले आसन्न प्रदेश नं.५ को चुनाब प्रचार प्रसारमा सहयोग गर्ने हेतुका साथ देउसी भैलो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो संघले बर्षमा एक दिन देउसी भैलो खेलेर बर्ष भरिको कार्यक्रम तय गर्दै यसपालीको देउसी भैलोमा स्थानीय कलाकार संगै मयुर नृत्य पनी ल्याएको बताउदै ,पार्टी बलियो बनाउन संघ हरकदम तयारी हुने बताउनुभयो । 

यसर्थमा : यो भन्न सकिन्छ कि अब पनी नेपाली काँग्रेसका सबै अग्रज नेतागणले जसरी भात्रृ संघ सक्रिय भएर लागेको छ, त्यसरीनै सक्रिय हुँदै गएमा आसन्न प्रदेश चुनावमा राम्रो नतीजा ल्याउन सक्छ । यसै सिलशिलामा चुनावको प्रचार प्रसारमा महत्वपुर्ण भुमीका निभाउनको लागी यो समयमा नेपाल साँस्कृतीक संघलाई जती सक्दो सहयोग र बलीयो बनाउन  अपरिहार्य देखिएको छ । संघले गरेको सानो प्रचार प्रसारले नै पार्टीलाई बलीयो बनाउन धेरै ठुलो आधार हुनेछ । मलत : यस विषयमा सबै स्थानीय नेता देखि अग्रज नेता ज्यूहरुमा  ध्यान जाओस् ! 

लक्ष्मी पूजाको दिन देखी सुरु भएको देउसी भैलो कार्यक्रममा राप्ती सोनारी गाउँ पालिका उपप्रमुख धनिकुमारी खत्री, क्षेत्रीय सचिब डिल्ली गिरि बिपत ब्यबस्थापन बिज्ञ गोविन्द वाग्ले, नमस्ते नेपाल बस व्यवसायीका वरिष्ठ उपाध्यक्ष गोविन्ध पौडेल लगायतको उपस्थिति रहेको थियो। यो देउसी भैलो कार्यक्रम लक्ष्मी पूजाको दिन देखी सुरु भई कार्त्तीक ६ गते सकिने छ ।

(देउसी भैलोमा देखिएका केहि तस्बिरका झलकहरु )