नवीन्द्रराज जोशीको पार्थिव शरीर कांग्रेसको केन्द्रीय कार्यालयमा राखिँदै

फाईल तस्विर।।

काठमाडौं,चैत,१४-आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय (सानेपा)मा बस्ने बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरिने कांग्रेसले जनाएको छ।

मस्तिष्काघात भएपछि नर्भिक अस्पतालमा उपचारत नेता जोशीको शुक्रबार राति निधन भएको थियो। श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर मध्याह्न १२ बजेदेखि दिउँसो बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कांग्रेसका नेताले बताएका छन्।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई वीर अस्पतालपछि नर्भिक अस्पताललाई भर्ना गरिएको थियो।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मेका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधान सभाको सदस्यमा निर्वाचित हुनु भएको थियो ।