थ्री नेसन्स कप-नेपालले आज बङ्गलादेश संग भिड्ने

फाईल तस्विर !!

काठमाण्डौं,चैत्र,१४-थ्री नेसन्स कप अन्तर्गत नेपाल र बङ्गलादेश बिचको खेल आज रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस रोमाञ्चक भिडन्त साँझको ५:३० बजेबाट सुरु हुनेछ।

यस खेल नेपाल र किर्गिस्तान ओलम्पिक टिमलाई महत्त्वपूर्ण रहेको छ। नेपालले आज बङ्गलादेश विरुद्ध कम्तीमा बराबरीको नतिजा निकालेपनि फाइनल प्रवेश गर्नेछ।

यता किर्गिस्तानलाई फाइनल प्रवेश गर्न भने बङ्गलादेशले नेपाललाई कम्तिमा २-० गोलले हराउनु पर्नेछ। यदि बङ्गलादेशले नेपाललाई १-० गोलले हराएमा भने फेयर प्लेका आधारमा फाइनलिस्टको निर्णय हुनेछ।

यस्अघि किर्गिस्तानलाई १-० गोलले हराएर बङ्गलादेशले फाइनलमा स्थान बनाइसकेको छ। यस्तै नेपाल र किर्गिस्तान बिचको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।

खेलको आधिकारिक प्रशारण गर्ने अधिकार नेपाल टेलिभिजन र मिडिया हबसँग रहेको छ।