आजदेखि कक्षा ११ को परीक्षा सुरु

दाङमा नौ हजार बढीले परीक्षा दिँदै

नरेश खड्का,

दाङ, असार, १-

आजदेखि सुरु हुने कक्षा ११ को परीक्षामा राप्तीबाट एक्काइस हजार बढी विद्यार्थीले सहभागिता जनाउँदै छन् । नियमित र आंशीकतर्फ गरी २१ हजार २ सय ७४ जनाले सहभागिता जनाउन लागेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङले जनाएको छ ।

जसअनुसार नियमिततर्फ १६ हजार ५ सय २५ र आंशीकतर्फ ४ हजार ४ सय ४९ जना परीक्षार्थी रहेको कार्यालय प्रमुख ऋषिराम रिजालले जानकारी दिनुभयो । राप्तीमा सबैभन्दा बढी परीक्षार्थी दाङमा र कम रोल्पामा रहेका छन् ।

दाङबाट नियमिततर्फ ७ हजार ७ सय ६९ र आंशीकतर्फ २ हजार ६१ गरी जम्मा ९ हजार ८ सय ३०, रुकुममा नियमिततर्फ ३ हजार ४ सय ६२ र आंशीकतर्फ ८ सय ७२ गरी ४ हजार ३ सय ३४, सल्यानमा २ हजार ५ सय २६ र आंशीकतर्फ ३ सय ५७ गरी २ हजार ८ सय ८३ जना परीक्षार्थी रहेका छन् ।

यस्तै प्युठानमा नियमिततर्फ १ हजार ५ सय ५५ र आंशीकतर्फ ५ सय ७७ गरी २ हजार १ सय ३२ र रोल्पामा नियमिततर्फ १ हजार २ सय १३ र आंशीकतर्फ ५ सय ८२ गरी १ हजार ७ सय ९५ जना रहेका छन् । सामुदायिक र निजी विद्यालय गरी जम्मा १ सय ५६ वटा विद्यालयका परीक्षार्थीका लागि ५६ वटा केन्द्र तोकिएको छ ।

जसअन्र्तगत दाङमा २१, सल्यानमा १३, रुकुममा १२, रोल्पा र प्युठानमा ५÷५ वटा केन्द्र तोकिएको हो । कार्यालयअन्तर्गत पर्ने सबै जिल्लाहरुमा परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु पठाइसकेको रिजालले जानकारी दिनुभयो ।

परीक्षा आज बिहान ७ बजेदेखि १० वजेसम्म सञ्चालन हुनेछ । असार १० गतेसम्म चल्ने परीक्षाको पहिलो दिन आज परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिनेछन् । परीक्षालाई मर्यादित बनाउन कार्यालयबाट र केन्द्रबाट अनुगमन हुने बताइएको छ ।