कठ्यांग्रिएर तराईमा एक सातामा ९ को मृत्यु

काठमाडौँ,पुस,२२-

पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ । यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।