नेपाल मगर संघ क्युशु जापानले माघे संक्रान्ति धुमधामले मनाउने

मिलन मगर/
जापान,पौष,२२-
नेपाल मगर संघ क्युशु जापान ले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन नेपाल मगर संघ क्युशु जापानले विविध सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले जानकारी दिनुभयो ।

माघे संक्रान्ति कार्यक्रममा परम्परागत मगर परिकार, खेलकुद साथै, सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बरिष्ठ उपाध्याक्ष रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार नान हाउसमा हुने कार्यक्रम मगर समुदायको राष्ट्रिय गीत र मगर जातिको मौलिक पहिचान झल्किने सांस्कृतिक झाँकीसहित समेत हुनेछ ।

कार्यक्रममा परम्परागत खेलकुद अन्तर्गत म्यूजिक चेयर प्रतियोगिता आयोजना गरिनेछ भने नाचगानतर्फ हुर्रा, कौरा, पुख्र्यौली नाच, सालैजो, झ्याउरेलगायत रहने बरिस्ट उपाध्याक्ष रानामगरले बताउनुभयो ।

त्यस्तै, मगर परिकारहरूमा खिचडी, तरुल, बटुक, सेल रोटी, बीबीक्यु, भुटुवालगायत रहनेछन् । साथै, कार्यक्रममा आकर्षक मगर पहिरनमा सहभागी एक पुरुष र एक महिलालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको रानामगरले जानकारी दिनुभयो ।