काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं,जेठ,२६-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाएको बताइएको छ ।यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।