जाँदाजाँदै ओलीले बालुवाटारमा एमाले बैठक राख्दै

सहभागी हुने कि नहुने? नेपाल पक्ष छलफल गर्दै

फाईल तस्विर !!

काठमाडौँ,असार,२९-सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री पदबाट अपदस्थ भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तिमपटक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पार्टीको बैठक राख्ने भएका छन्। 

एमालेको केन्द्रीय सचिवालयका अनुसार दिउँसो १ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बस्ने भएको हो। 

यसैबीच त्यस बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा अहिले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने छलफलमा जुटेका छन्।

एक नेताका अनुसार आज दिउँसो अध्यक्ष ओलीले राख्न लागेको स्थायी कमिटी बैठकमा जाने/नजानेबारे आन्तरिक छलफल भइरहेको हो।