सल्यानबाट दाङको तुलसीपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना, ८ जनाको मृत्यु

सल्यान,कार्तिक,२१-सल्यनमा बस दुर्घटना हुदा ८ जनाको निधन भएको छ । 

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको हो ।

सल्यान खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

बस सडकबाट २ सय मिटर तल खसेको सल्यान प्रहरीले जानकारी दिएको छ।घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको छ ।