कोरोना भाईरस नियन्त्रण नभएसम्म लकडाउन नखुल्ने

घर जानेले प्रशासनसँग सम्पर्क गर्नुपर्ने !

काठमाडौं,बैशाख,१०-सरकारले गरेको लकडाउन कोरोना भाइरस (कोभिड १९) नियन्त्रण नभसम्म नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु भएको छ ।बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनु भएको हो ।

छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो । तर प्रधानमन्त्री ओलीले भारतसँगको सीमाना अहिले नखुल्ने जो जहाँ छन् उनीहरु त्यही नै रहने जवाफ दिनु भएको थियो ।

प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत भने गर्नु भएको थियो । लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गर्नु भएको थियो ।

‘हिजोमात्र १२ हजार मानिस उपात्यकाबाट बाहिरिएका थिए ।सरकारले सोमबार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र अनतरविरोध देखिएपछि दुवै अध्यक्षले सांसदहरुसँग छलफल गरेका हुन्।प्रधानमन्त्री ओलीले कुनै दल विशेषलाई लक्षित गरेर ऐन नल्याइएको पनी प्रस्ट पार्नु भएको थियो ।