जापानमा एकै दिन ६ सय ८४ जना निको भए अझै १२,६९१ जना संक्रमीत

मृत्युदर कायमै एकैदिन १५ को मृत्यु, मृतकको संख्या ३०८ पुग्यो

जापान,बैशाख,११-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बिहिबार बिहान सम्म ३ सय ८ जनाको मृत्यु भएको छ । एकै दिन १५ जनाको निधन भए संगै मृतकको संख्या ३०८ पुगेको हो ।

एकै दिन नयाँ ४५२ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १२ हजार ६ सय ९१ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या २ हजार ६ सय ८५ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ६ सय ८४ जना निको भएका थिए |

बुधबार बिहान सम्म जापानका विभिन्न ठाँउ, गिफु, फुकुओका, केनमा एक एक जना यस्तै होक्काईदो, क्योउटो,ओसाका केनमा दुई दुई जना त्यस्तै चिबा,खानागावा केनमा तिन जना गरी १५ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका ११ हजार ९ सय ६५ जना संक्रमीत छन्,भने २ सय ९६ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ४९० मृत्यु: २५ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६५ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १५१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १३४ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ७२५ जना, मृत्यु: १६ जना
१०.चिबा केनमा संक्रमित: ७४७ जना, मृत्यु: १६ जना
११.टोक्योमा संक्रमित: ३४३९ जना, मृत्यु: ८१ जना
१२.खानागावा केनमा संक्रमित:८३७,मृत्यु: २३ जना
१३.निईगाता केनमा संक्रमित: ६१ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १९९ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: ११९ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५१ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ५९ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४७ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ५७ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४४५ जना, मृत्यु: २९ जना
२१.मिए केनमा संक्रमित: ४२ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ८८ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: २७५ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१३८०,मृत्यु:१५ जना
२५. हियोउगो केनमा संक्रमित: ५६० जना,मृत्यु:२२ जना
२६.नारा केनमा संक्रमित: ७२ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित: ४९ जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७० जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५६२ मृत्यु:१३ जना
३६.सागा केनमा संक्रमित: १८ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: ५१ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ४३ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १३० जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १४१ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६५ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १६,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।