डा.केसीको आज अनशनको २३ औं दिनपनी जारी

स्वास्थ्य स्थिति अत्यन्तै कमजोर

काठमाडौं,साउन,३१-

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसीको अनशन आज २३ औँ दिनपनि जारी छ । उहाँ अहिलेसम्मकै सबैभन्दा लामो अनशन बस्नु भएको हो ।चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११ औ पटक अनसन बस्नुभएका केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ । बार्ता समिति गठन भएको सुरुवाती दिनमा केही छलफल भएपनि पछिल्ला दिनमा दुई पक्षबिच गंभिर छलफल हुन नसकेको केसी पक्षिय बार्ता समितिका सदस्य डा अभिषेकराज सिंहले बताउनुभयो ।

आइतबार बार्तामा बोलाएपनि माग पूरा गर्ने गम्भीरता नदेखिएको उहाँको भनाइ छ । सोमबार फोन गरेर वर्ताको प्रयास गरेपनि सरकारी बार्ता टोलीले चासो नदेखाएको सिंहले बताउनुभयो ।

उता, केसीको स्वास्थ्य भने कमजोर बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।चिकित्सा शिक्षा विद्येयक संसदबाट तत्काल पास गराउनु पर्ने मुख्य माग राखेर केसी ९ साउन देखि अनसनमा हुनुहुन्छ ।