आज राष्ट्रिय टोपी दिवस

फाईल तस्विर सामाजीक संजालबाट साभार !!

काठमाडौं,पौष,१७-आज राष्ट्रिय टोपी दिवस ! नेपालमा हरेक वर्ष विविध कार्यक्रमका बीच मनाईदै आएको राष्ट्रिय टोपी दिवस यस वर्ष भने कोरोना भाईरसका कारण बितेका वर्ष जस्तो विविध कार्यक्रम नगरी मनाईदैछ ।

यस वर्ष विभिन्न सामाजीक सन्जाल फेसबुक,टुईटर,ईन्स्टाग्राममा युवाहरुको जमातले ढाका टोपि अर्थात भादगांउले टोपि लगाएका तस्विर पोष्ट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाईदै छ ।

“मेरो सान,मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण” भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको हो।

विगत ७ बर्ष पहिले देखि मनाउन थालिएको यो दिवस देश,बिदेशका युवा अगुवाईको सामुहिक आवाजमा बिक्रम सम्बत २०७० पौष १७ बाट औपचारिक रूपमा सुरु गरिएको थियो ।

अङ्ग्रेजी नयाँ बर्षको अबसर पारेर विश्वभरी छरिएर रहेका नेपालीले विशेष पर्बका रुपमा मनाउने गर्दछन्।नेपाली पोशाकको प्रबर्द्धन र बिस्तारका लागी टोपी दिवस पछिल्लो समय विशेष बन्दै गइरहेको छ।