आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

विश्व महामारी कोरोना भाइरस अन्त्यको कामना

फाईल तस्विर !!

काठमाण्डौं,पुस,१७-आज बाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ।आज  नयाँ वर्षका दिन विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् ।

यद्यपी विगत जस्तो भने यस वर्ष भव्यताका साथ कार्यक्रहरु भने भएनन्।२०२० को वर्ष विश्वभरी कोरोना भाइरसको महामारीका कारण गएका वर्ष जस्तो भने हुन नसकेको हो।

विश्वभरी २०२० को अन्तीम दिन सम्म कोरोना भाईरसका कारण १८ लाख २४ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन्। जसमा कुल ८३ करोड ७ लाख ६४ हजार ६ सय २२ जना कोरोना भाईरस संक्रमित भएका छन्, त्यसमध्य ५९ करोड २ लाख ९८ हजार ३ सय ११ जना निको भएका छन् । २४ करोड ४ लाख ६६ हजार ३ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी : नेपालमा २०२० को अन्तिम दिन सम्म कोरोना भाईरसका कारण १८ सय ५६ जनाको मृत्यु भएको छ । जसमा कुल २ लाख ६० हजार ५ सय ९३ जना संक्रमित भएका छन्, त्यसमध्य २ लाख ५२ हजार ३ सय ५९ जना निको भईसकेका छन् भने बाकि ८ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

नयाँ वर्ष मनाउने चलन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन्।यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ।नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । 

यसैबिच:विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।त्यसैगरी सन् २०२१ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गर्नु भएको छ । अधिकांशले यो बर्षको सुरुवातदेखि नै फैलिएको विश्व महामारी कोरोना भाइरस अन्त्यको कामना गरिरहेका छन् ।

यसैगरी :हाम्रो यस बिहानी अनलाईन परिवारको तर्फबाट पनि हाम्रा  सम्पुर्ण पाठक वर्ग लगायत सारा संसारभरी यत्रतत्र रुपमा छरिएर बस्नु भएका नेपाली आमाबुवा,दाजुभाई,दिदिबहिनीमा सुख,शान्ती समृद्धि र सु-स्वास्थ्य एवंम दीर्घायुको उत्तरोत्तर प्रगतीको कामना साथ सबैको जिवनमा सकरात्मक प्रगतिहोस् भन्दै नयाँ वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धन्यवाद ।

बिहानी अनलाईन परिवार
अध्यक्ष /प्रधान सम्पादक
दिपेन्द्र सारु मगर