प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने

नयाँदिल्ली,चैत्र,१९-तीन दिने औपचारिक भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नु हुने भएको छ।

देउवा र मोदीबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ ।

प्रधानमनत्री देउवाको सम्मानका लागि समकक्षी दामोदरदास मोदीले हैदरावादमा दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।वार्तामा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातजस्ता विषयमा महत्वपूर्ण घोषणा हुने जनाइएको छ ।

त्यस्तै ३५ किलोमिटर लामो जयनगर-कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले भिडियोमार्फत जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा निस्किनु भएको थियो। उहाँ पत्नी डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका साथ भारत भ्रमणमा जानु भएको छ ।