प्रथम मेयर कप २०७५ भेरिगंगा सुर्खेतमा सुरु

ज्ञानु सङ्गम खड्का/
सुर्खेत,जेष्ठ,२५-

नगर खेलकुद बिकाश समिति सुर्खेतको आयोजनामा आज देखि प्रथम मेयर कप २०७५ भेरिगङ्गा नगरपालिका सुर्खेतमा सुरु भएको छ ।

उद्घाटनको पहिलो दिन आज भएको खेलमा भलिबल तर्फ वडा न ३ ले १ लाई हराएको छ।त्यस्तै वडा न.१० ले ११ लाई, वडा न. ७ ले ५ लाई र वडा न.९ ले १३ लाई हराएको हो ।

त्यसैगरि फुटबल तर्फ वडा न ८ ले ७ लाई,  वडा न.६ ले १० लाई र वडा न.१३ ले ४ लाई हराएको छ।

आज बाट सुरु भेको मेयर कप २९ गतेसम्म सन्चालन हुने कुरानगर खेलकुद का अध्यक्ष इस्वर पोखरेल ले जानकरी दिनुभयो ।