नेपालगन्ज ग्यालरीको आयोजनामा बैशाख १० गते मोटिभेसन सेमिनार हुँदै

नेपालगन्ज,बैशाख,०८-
नेपालगन्जमा एकदिने निशुल्क मोटिभेसन सेमिनार हुने भएको छ।

कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौंको सहकार्यमा नेपालगन्जको चर्चित फेसबुक ग्रुप” नेपालगन्ज ग्यालरी”ले बैशाख १० गते मंगलबारको दिन चर्चित मोटिभेसनल स्पिकर डा. इन्द्र कुमार श्रेष्ठद्वारा उक्त मोटिभेसनल सेमिनार गर्न लागेको नेपालगन्ज ग्यालरीका समिरमान श्रेष्ठले बताउनु भयो।

नेपालगन्ज स्थित सिद्धार्थ कटेजको हलमा सम्पन्न हुने उक्त सेमिनार विशेष गरि ११/१२ कक्षामा अध्यनरत बिद्यार्थीहरुलाई प्लस टु पछि के पढ्ने, कुन क्षेत्रतिर जाँदा सहज हुन्छ, कहाँ गएर पढ्ने लगायतका महत्वपूर्ण कुराहरु जानकारी दिने मुख्य उद्देश्यले निशुल्क रुपमा सेमिनार गर्न लागेको उक्त सेमिनारका संयोजक भरत बिष्टले बताउनु भयो।

बिहान १० बजे देखि सुरु हुने उक्त सेमिनारमा कान्तिपुर इन्टरनेशनल कलेजका प्रमुखहरुको पनि उपस्तिथि रहने छ। ११/१२ कक्षामा पढ्ने बिद्यार्थीहरुले मात्र उक्त सेमिनारमा सहभागी जनाउन सक्ने छन।

साथै ११/१२ कक्षा सरकारी बिद्यालयमा अध्यनरत गरिरहेका धेरै मध्ये एकजना मिहिनेती,लगनशील एवम आर्थिक रुपले बिपन्न एकजना बिद्यार्थीको वर्षभरि लाग्ने सम्पुर्ण स्कुलको खर्च कान्तिपुर इन्टरनेशनल कलेजले तिरिदिने जानकारी पनि कार्यक्रम संयोजक बिष्टले दिनुभयो।