उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई सभापती देउवाको निर्देशन

काठमाडौं,चैत,१८-

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

गएराति बारा, पर्सालगायतका जिल्लामा भीषण हावाहुरीका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै उहाँले ती क्षेत्रमा राहत तथा उद्धारमा परिचालन हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

आजबिहान बिहान ट्वीट गर्दै देउवाले घाइतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारसँग मागसमेत गर्नु भएको छ ।