पिएसजी संग रियल म्याड्रिड १-० पराजित

एजेन्सी,फागुन,४-युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोलमा पिएसजीले जित निकालेको हो ।पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १-० ले पराजित गरेको हो ।

एमबाप्पेले इन्ज्युरी समयमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल पासलाई नियन्त्रणमा लिदै दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

पहिलो लेगमा पाएको जितसँगै पिएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पिएसजीले अन्तिम आठको यात्रा तय गर्नेछ । दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुनेछ ।