सर्वदा साहित्य संगमको पुनर्गठन

डम्मर थापा मगर/

बाँके,भदौ,१०-
सर्वदा साहित्य संगमको आज पुनर्गठन भयको छ । सर्वदा साहित्य संगमका निवर्तमान सचिव खगेन्द्र गिरि ‘कोपिला’को अध्यक्षतामा बसेको साहित्यकारहरुको भेलाले नौँ सदस्यीय नयां तदर्थ नयांसमिति चयन गरेको हो।

सर्वसम्मत रुपमा चयन भयको कार्यसमितिमा उपाध्यक्षमा कल्पना खरेल,सचिबमा श्रिधर भण्डारि, सह-सचिबमा कमल बडुवाल, कोषाध्यक्षमा निशु जोशीले जिम्मेवारी पाउनु भयको छ भने मधुकरमणि आचार्य, रमन ढुङ्गाना ‘पृथक’,महेन्द्र रोका ‘अदृश्य’, प्रकाश बिलभ संगमले सदस्यको जिम्मेवारि पाउनु भयको हो ।

२०६८ सालमा स्थापना भयको सर्वदा साहित्य संगमले बिभिन्न साहित्यिक गतिबिधिहरु गर्दै आईरहेको छ । साहित्यक्षेत्रलाई बौद्धिक रुपमा बिकशित गर्नु, ओझेलमा परेका र अनुज साहित्यिक स्रष्टाहरुलाई अवसर दिनु सर्वदा साहित्य संगमको मुख्य उदेश्य रहेको बर्तमान अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’ले बताउनु भयो ।

आगामी दिनहरुमा यस सस्थाले साहित्यिक गतिबिधिहरुलाई अझै बढाउदै लैजाने र अग्रजलाई साहित्यकारलाई सम्मान र अनुजलाई अवसर दिने पनि अध्यक्ष ‘कोपिला’ले बताउनु भयो ।