सुदुर-पश्चिम युवा समाजले “गौरा पर्व”मा शुभ-कामना आदानप्रदान गर्ने

केपि खनाल-/

कैलाली,भदौ,१०-

सुदुर-पश्चिम युवा समाज, काठमाडौंले “गौरा पर्व” को अवसरमा “शुभ-कामना आदानप्रदान तथा देउडा” कार्यक्रम गर्न लागेको छ ।कार्यक्रममा निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री मा.रमेश लेखक ज्युको प्रमुख आथित्य र नेपाल सरकारका बाणिज्य राज्यमन्त्री मा.नर बहादुर चन्द र एआईजी जय बहादुर चन्द ज्युको बिशिस्ट आथित्यमा कार्यक्रम हुने भएको छ ।

भोलि ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुन लागेको कार्यक्रममा सूदुर-पश्चिमका ख्याती प्राप्त गायकहरु नन्द कृष्ण जोशी,यगय राज उपाध्याय ,भोज राज भट्ट,महेश औजी ,भवन दाहाल,उमाशंकर जोशी,पुष्पा बोहरा ,सुमन कठायत,भक्तराज जोशी,रेखा जोशी,राजेन्द्र प्रसाद, महेन्द्र जोशी लगायतका कलाकारहरुको  उपस्थिति रहने छ । कार्यक्रममा अनिवार्य उपस्थीतीको लागि अनुरोध गरिएको छ ।