सम्पादक खेम भण्डारी प्रहरी हिरासतमा

दुई युवतीलाई नियन्त्रणमा लिएको समचार छापेकै कारण पक्राउ

होम योगी,
महेन्द्रनगर, असार ३-

दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘सार्वजनिक अपराधको अनुसन्धानको शिलशिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले सम्पादक भण्डारीलाई भीमदत्त नगरपालिका १८ कटानस्थित दैनिक मानसखण्डको कार्यालयबाटै पक्राउ गरेको हो। २०/२५ जना प्रहरीको टोली पक्राउ पूर्जी लिएर शनिबार दिउँसो सवा १२ बजे कार्यालयमै पुगेको थियो।

कञ्चनपुरमा लामो समय पत्रकारितामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । दैनिक मानसखण्डले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा प्रहरीले अपहरण शैलीमा महेन्द्रनगरको बसपार्कमा होटल व्यावसाय गर्दै आएका दुई युवतीलाई नियन्त्रणमा लिएको समचार छापेको थियो ।

मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यँलयक कञ्चनपुरका प्रहरी नायव उपरिक्षक भिम प्रसाद दहालले बताए ।