सुदुरपश्चिम सेवा समाज मलेसियाको चोधौँ अधिवेशनको तयारि पुरा

सुदुरपश्चिम सेवा समाजले नेतृत्वदायी भूमिका खेलेको अध्यक्ष भट्टको भनाई

दिनेश खड्का (खप्तडी)

मलेसिया,असार, ३-

सुदुरपश्चिम सेवा समाज मलेसियाको चोधौँ अधिवेशनको सम्पुर्ण तयारि पुरा भएको छ । समाजको चोधौँ एतिहासिक अधिवेशन जुन १८ आईतबार हुने छ भने अधिबेशनको उद्घाटन नेपाली राजदुतावास मलेसियाका महामहिम डा.निरन्जनमा बस्न्यातले गर्ने निश्चित भैसकेको सल्लाहकार टेक बहादुर बुढाले जानकारी दिनु भएको छ। बिशिष्ट अतिथीका रुपमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेलि सेवा समाजका केन्द्रीय सदस्य ज्ञानेन्द्र सिङ रहने बताइएको छ ।

मलेसिया​को राजधानी स्थित होटल ग्राण्ड कन्टिनेन्टलको सभा हलमा हुने ऐतिहासिक अधिवेशनको अवसर मा सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ जसका लागि नेपालका राष्ट्रिय स्तरका कलाकारहरु शनिबार नै आईपुग्ने सल्लाहकार ज्ञानेन्द्र सिङले बताएका छन् । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ​।

अनेकतामा एकता, जैबिक विविधतामा समुन्नता, सुन्दर सुदुर पश्चिम, हाम्रो प्रतिबद्धता,को नारालाई आत्मसाथ गर्दै समाजको स्थापना भए देखि आजको निबर्तमान सम्ममा विभिन्न सामाजिक गतिविधिहरुको योजना सहित सम्पन्न गरि मलेसियामा रहेकका सुदुरपश्चिमेलि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्यालाई हल गर्न नेतृत्वदायी भूमिका समेत समाजले खेलेको र सम्बन्धित निकायहरुमा समेत जोडतोडले आवाज उठाउदै आएको समाजका निवर्तमान अध्यक्ष प्रकाश देब भट्टले बताएका छन ।

यो साताको अन्तिम आईतबार दुई बर्ष कार्यकालको लागी नयाँ कार्यसमिति समेत चयन गर्ने छ। नेतृत्वको लागी आन्तरिक मसलाहरू पाकिरहेको भए पनि अन्तमा कुसल नेतृत्व आउने सुप बासिन्दा शुभचिन्तकहरु ढुक्क छन् । अधिवेशनका लागी मलेसिया स्थित नेपाली समुदाय, पत्रकार,कलाकार,साहित्यकार, विभिन्न पेशा,व्यवसायमा आब्द रहनु भएका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुमा समाजले सहभागिताको लागि सबैमा हार्दिक अनुरोध गरेको छ ।