टीकापुर घटनासँग जोडिएका रेशम चौधरीलाई क्षतिपुर्ती

सरकारद्वारा १ करोड ७४ लाख हस्तान्तण

काठमाण्डौ,असार,३-

कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी र भएको थरुहट आन्दोलका पीडितहरुलार्इ सरकारले क्षतिपूर्ति वितरण गरेको छ। मन्त्रिपरिषदले गरेको बिशेष निर्णयअनुसार पीडितलार्इ शुक्रवार इलाका प्रशासन कार्यालय टीकापुरमा वोलाएर राहात बितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन।

घटनाको दोश्रो दिन भएको तोडफोड र आगजनीका पीडितलाई २१ महिनापछि हामी राहात बितरण गरिएको हो। आगजनीका पीडित ८८ जनामध्ये शुक्रबार ४० जनालार्इ मात्रै राहत वितरण गरिएको छ भने बाँकीलार्इ शनिबार वितरण गरिने बताइएको छ।

कुल ८८ जना पीडितलाई १० करोड ७३ लाख रुपैया बराबारको क्षतिपूर्ति छुट्टाछुट्टै एकाउण्ट पे चेकमार्फत उपलब्ध गराइएको अधिकारीले जानकारी दिएका छन्। पीडितहरुलार्इ ‘७ हजार २ सय देखि १ करोड ७४ लाखसम्मको राहात रकम वितरण गर्न लागिएको हो।

घटनाका दोषिका रुपमा प्रहरीको फरार सूचिमा रहेका रेशम चौधरीले सबैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएका छन भने काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन । यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र सासंद जनक चौधरीले ५० लाख १२ हजार ८ सय राहात पाएका छन्।

रेशम चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो। उनको राहात नजिकको हकवाला भनेर उनका बुवा लालबिर चौधरीलार्इ बुझाइएको थियो। उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता गराइएको छ भने उनी मुख्य दोषि ठहर भर्इ हाल प्रहरीको फरार सूचीमा रहेका छन्।

नयाँ संविधान घोषणा गर्नुपूर्व कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहटमा चलेको आन्दोलनका क्रममा २०७२ सालको भदौ ७ गते भएको टीकापुर घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना बालक मारिएका थिए। साभार नेपाल खबरबाट ……. ।।।