रोजा अफ्तारमा काँग्रेस उम्मेदवारको भव्य स्वागत

 बाँके,असार, ३-

धार्मीक सद्भावको शहर नेपालगन्जमा काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाइ भव्य स्वागत गरिएको छ ।

मुस्लीम समुदायको पवित्र पर्व रमजानका अवसरमा वडा नम्बर ५ मा गएराती आयोजना गरिएको रोजा अफतार कार्यक्रममा काँग्रेसका मेयर उम्मेदवार डा.सुरेश कुमार कानोडिया र उपमेयर उम्मेदवार उमा थापामगरलाइ भव्य स्वागत गरिएको थियो ।

बहुभाषी , बहुजाती ,बहुधार्मीक समुदायको बाहुल्यता रहेको नेपालगन्जलाइ एकताबद्ध गरी नेपालगन्ज नगरको विकास गर्न काँग्रेस उम्मेदवारलाइ मुस्लीम समुदायले आग्रह गरेका थिए । उक्त कार्यक्रममा डा. कानोडियाले हिन्दु ,मुस्लीम सबै भाइभाइ रहेको र एक आपसको भातृत्व र विश्वासले नगरको विकासमा सबैले हातेमालो गर्ने बताउनुभएको थियो ।

नेपाल सबै जाती ,धर्म संस्कृतीको साझा फुलबारी भएकाले सबैलाइ समेटेर लैजाने सक्ने क्षमता काँग्रेस बाहेक अन्य पार्टीको वशको कुरा नभएको भन्दै आम मुस्लीम समुदायका पिडा ,समस्या आफ्नो पनि भएकाको उल्लेख गर्नुभएको थियो ।

मुस्लीम समुदायका बालबालिका पढ्ने मदरसाहरु प्रति राज्यको उचित ध्यान जान नसकेको भन्दै डा.कानोडियाले गुणस्तरिय र उच्च शिक्षाका लागि मदरसालाइ राज्यको मूल प्रवाहको शिक्षा प्रणालीसंग समायोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै उपमेयर पदकी उम्मेदवार उमा थापामगरले मुस्लीम समुदायका महिलाहरुसंग भेटघाट गरी मद्येसी ,मुस्लीम महिला ,आदिबासी ,जनजातीको हक अधिकारका क्षेत्रमा आफूले काम गर्ने बताउनुभयो ।

मुस्लीम , मद्येसी,आदीबासी ,जनजाती , दलित ,पिछडिएको वर्ग तथा अल्पसंख्यक समुदायको उत्थान गर्ने एक मात्रै पार्टी नेपाली काँग्रेस भएकाले रुखमा भोट लागी काँग्रेसलाइ जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मोहर्रम कमिटिका उपाध्यक्ष अमन इट्टाभट्टावाला पप्पु ठेकेदारको आयोजनामा भएको कार्यक्रममा वार्ड नम्बर ५ का वार्ड अध्यक्ष पदका उम्मेदवार मेराज अहमद हल्वाई ,संसाद अब्दुल हामिद सिद्दिकि , मुस्लमि जामा मस्जितका पूर्व अध्यक्ष अब्दुल रहमान मिया, जडिबुटी संघका अध्यक्ष मो .याकुव अन्सारी , मुस्लीम धर्मगुरु हाफिस साकिर लगायत विशिष्ट व्यक्तिहरुहरुको सहभागीता रहेको थियो । रोजाअफ्तारमा हजारौंको सहभागीता रहेको थियो ।

स्वागत कार्यक्रममा देखिएका केहि तस्बिरहरु  .