भूमि फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,३१-प्रधानमन्त्री केपी शर्मा ओलीले अब मिचिएको नेपाली भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता हुने बताउनु भएको छ।

शनिबार नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले पत्रकारसँग प्रतिक्रिया दिँदै मिचिएको भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्ने बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको प्रितीक्रिया दिनुभयो।प्रधानमन्त्री ओलीले केही संसद अनुपस्थित भए पनि कोही पनि संशोधनको विपक्षमा नरहेका प्रष्ट पार्नुभयो ।

संशोधन विधेयक पारित भएसँगै आगामी प्रक्रिया के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमनत्री ओलीले भन्नुभयो, ‘संविधान संशोधन एक ढंगले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुने बताउनुभयो ।