स्थानीय निर्वाचनमा बढे महिला उम्मेदवार, कुन दलबाट कति ?

काठमाडौं,बैशाख,२८-बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको संख्या केही बढेको छ ।

महानगरपालिका, उपमहानगर र नगरपालिकाको प्रमुखमा ३ हजार पाँच सय १७ उम्मेदवार हुँदा २ सय ६८ जना मात्र महिला छन् । यस्तै उपप्रमुखमा २ हजार १ सय ७५ जना उम्मेदवारी दिँदा १ हजार ५ सय ६८ महिला छन् ।

यसैगरी गाउँपालिका अध्यक्षमा ३ हजार ३ सय ९२ जनाको उम्मेदवारी परेकोमा १ सय ९८ र उपाध्यक्षमा २ हजार ४ सय ७ सय प्रत्यासी रहेकोमा महिला संख्या १ हजार ७ सय ९१ छ । निर्वाचन आयोगको आकंडा हेर्दा निर्वाचनमा महिला उम्मेदवारको संख्या केही बढेको छ ।

यो पटक महानगर, उपमहानगर र नगरपालिकाको मेयर तथा गाउँपालिका अध्यक्षमा ४ सय ६६ जना महिलाले उम्मेदवारी दिएका छन् । तर, २०७४ सालको चुनावमा पालिका प्रमुखमा ३ सय ४५ जना महिला उम्मेदवार थिए । जुन पहिलेको तुलनामा १ सय २१ जना महिला उम्मेदवार बढी छन् ।

स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा महिलालाई धेरै स्थान दिएको छ । नेकपा एमालेले यस अघिको चुनावमा प्रमुख पदमा ८ र अध्यक्ष पदमा १३ जना महिलालाई उम्मेदवार बनाएकोमा यो पटक प्रमुख २७ र अध्यक्षमा २८ जना महिला उम्मेदवार उठाएको छ ।

यता, यसअघि कांग्रेसले प्रमुख १६ र अध्यक्षमा १० जना उम्मेदवार बनाएको यसपटक प्रमुखमा १२ र अध्यक्षमा १९ महिलालाई स्थान दिएको छ । नेकपा (माओवादी केन्द्र)ले अघिल्लो चुनावमा प्रमुख १७ र अध्यक्षमा १८ जनालाई खडा गरेको थियो । यो चुनावमा त्यो संख्या बढेर ४७ पुगेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार उपमेयर तथा उपाध्यक्ष पदमा ३ हजार ३ सय ५९ जना महिलाको उम्मेदवारी परेको छ । जबकी ०७४ सालको चुनावमा उपप्रमुख पदमा तीन हजार २ सय ९१ जना महिलाको उम्मेदवारी परेको थियो ।ईमेजबाट साभार