कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं,असार,३१-आजका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि सोही समयका लागि सारिएको छ।बैठमा सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री समेटेर मन्त्रिमण्डल गठन गर्नुभएको छ ।वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेर थप क–कसलाई मन्त्री बनाउने भनेर टुंगो लगाउने देउवाको तयारी छ ।

कांग्रेसलाई आसन्न १४ औं महाधिवेशन सम्पन्न गर्ने चुनौती पनि छ । असारभित्रै क्रियाशील सदस्यता विवाद टुंग्याउने भने पनि बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।