चितवनको भाटभटेनीमा विप्लव कार्यकर्ताद्वारा ग्रिनेड बम विस्फोट

चितवन, वैशाख,३०-

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् ।

आइतबार विहान ३:४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

उहाँले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तिव्र पारिएको बताउनुभयो ।

‘सीसी टिभीको फुटेजबाट मोटरसाइकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भईरहेको छ’–एसपी थापाले भन्नुभयो ।

ग्रीनेड बमले भाटभटेनीको पूर्वपट्टि क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले आज मोदीको भ्रमणको विरोधमा आज नेपाल बन्द आह्वान गरेका छन् । साभार ईमेज खबरबाट