बाँकेका स्वास्थ्यकर्मीहरुले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र

के-पी- घिमिरे/
नेपालगन्ज,बैशाख,३०-
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री स्वास्थ्य र शिक्षाक्षेत्रको निरीक्षणमा अाएको बेलामा बाँके जिल्लामा रहेका बाम घटक नजिकका संघ/संगठनहरुले सामाजिक विकास मन्त्री सुर्दशन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपालगन्ज स्थित किचन होटेलमा अाफना ४ बुदे माग राख्दै अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्य कर्मी महा संघका अध्यक्ष कबिराम बुढाथोकी र नेपाल स्वास्थ्य प्राविधिक संघ बाँकेका अध्यक्ष खडक रोकाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।

उक्त पत्रमा स्वास्थ्यकर्मीहरुको दरवन्दी नरहेको ठाउँमा दरवन्दीको व्यवस्था गर्नुपर्ने, विगत ३/४ महिना देखि कुनै ठाउँका स्वास्थ्यकर्मीहरुलाई तलव उपलब्ध नगरिएको मा तत्काल उपलब्ध गराउनु पर्ने, देशभरमा देखिएको अौषधि अभावलाई समाधान गर्नु पर्ने लगायतका मागहरु रहेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बरालले स्वास्थ्यकर्मीहरुले अाफ्नो अाफ्नो कार्य क्षेत्रमा गएर इमानदारीपूर्वक काम गर्न अनुरोध गर्नु भयो । उहाँले स्वास्थ्यकर्मीहरुसंग सरसल्लाह गरेरै अगाडि बढ्ने भन्दै स्वास्थ्यकर्मीहरुका जायज मागहरुलाई जतिसक्दो छिटोभन्दा छिटो हल गर्ने अाश्वासन पनि दिनु भएको थियोे । उक्त ध्यानाकर्षण पत्र वुझाउदा संघ/ संगठनका अरु पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

विज्ञप्ती हेर्नुहोस् ।