रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,बैशाख,१०-नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गर्नुभएको हो ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।

कारबाही गरेपछि थापा राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएका थिए । रिक्त स्थानमा आगामी जेठ ६ गते निर्वाचन हुँदैछ ।