एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं,बैशाख,३०-नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।