कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित,गच्छदार दुई मतले पराजित

काठमाडौं,पुष,१-नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ ।

बुधबार भएको उपसभापतिको मतगणनाअनुसार खड्का र गुरुङ निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै अर्का देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित हुनु भएको छ । खड्का सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नु भएकाे छ ।