ब्रेकिगं न्यूज : कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं,मंसिर,२९-नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ। मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनु भएको हो ।

कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गर्नुभयो । उता, शेखरले भने १५०१ मत प्राप्त गर्नुभयो।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणना बुधबार बिहान २ बजे सकिएको थियो ।पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् ।सोमबारको मतदानमा ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए ।

२०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँले दोस्रो चरणको मतदानबाटै सभापति जितेका थिए ।

अपडेट